कीवर्डहरू -

गूगल एआईले अब विरामीको छाला चेक गर्न सक्ने

हरेक वर्ष सर्च इन्जिनमा छाला, कपाल र नङ्गको बारेमा १० बिलियन सर्च

गूगल एआईले अब विरामीको छाला चेक गर्न सक्ने
फोटोः बीबीसी

अब मान्छेसँगसँगै एआईले पनि छालाको जाँच गर्नसक्ने भएको छ । प्रयोगकर्ताले आफ्नो छाला, कपाल र नङ्गको अवस्थाको बारेमा बुझ्न गूगल सर्च इन्ज्निमा जानु नपर्ने भएको छ ।

गूगलको एआई टूलले अब विरामीहरुको छालाको अवस्था पत्ता लगाउन सकिने छ । गूगलले एआई मार्फत छाला परीक्षण गर्न सकिने गरी ‘डर्माटोलोजी एसिस्ट टूल’ सार्वजनिक गरेको हो ।

यो उपकरणले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर विरामीले अपलोड गरेको ईमेजलाई परीक्षण गरेर छाला, कपाल र नङ्गको अवस्था बताउने गर्दछ ।

यसको ट्रायल गूगल आईओमा गरिएको थियो । यसलाई यूरोपमा मेडिकल टूलको रुपमा प्रयोग गर्नका लागि सिई मार्क प्राप्त भएको छ ।

यो एआई टुलले २८८ ओटा फरक फरक छालाको अवस्था पहिचान गर्न सक्छ । छालाको अवस्था पहिचान गर्न सक्ने एआई टुल बनाउन गूगललाई करिब तीन वर्ष लागेको थियो ।

डर्माटोलोजी एसिस्ट टूल ६५ हजार डाईग्नोस गरिएको छालाको अवस्था बारे डेटासेटको आधारमा बनाइएको छ । त्यस्तै उक्त टुलमा स्वस्थ्य छालाको ईमेज पनि प्रयोग गरिएको थियो ।

यसमा सबै रगं र वर्णको छालाको जानकारी पनि राखिएको छ । ईमेजसँगै विरामीहरुले केही प्रश्नहरुको उत्तर पनि दिनुपर्ने हुन्छ ।

गूगल विश्वको लोकप्रिय तथा धेरै प्रयोग हुने सर्च इन्जिन हो । गूगलका अनुसार हरेक वर्ष सर्च इन्जिनमा छाला, कपाल र नङ्गको बारेमा १० बिलियन सर्च हुने गरेका छन् ।

प्रयोगकर्ताको डेटा सुरक्षित रुपमा इन्क्रिप्ट गरेर राखिएको हुन्छ । यो प्रणाली गर्दा प्रयोगकर्ताहरु डाक्टर धाईराख्ने समस्याबाट बाँच्न सक्छन् ।