कीवर्डहरू -

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सेयर अनलाइनबाट किन्न सकिने 

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सेयर अनलाइनबाट किन्न सकिने 

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

कोरोना संक्रमणले निषेधाज्ञाको अवस्थामा लगानीकर्तालाई सहजै उपलब्ध होस् भनेर एनआई सी एशिया क्यापिटलले अनलाईन मार्फत एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको जर्नाको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागिएनआई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरि युनिट पर्जेज भित्रगई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने जनाएको छ ।

हाललाई इकाई खरिद बापतको रकमभुक्तानी गर्नको लागिएनआई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।