कीवर्डहरू -

यि हुन एनसेल एपमा ग्राहकले पाउने निशुल्क सुविधा

यि हुन एनसेल एपमा ग्राहकले पाउने निशुल्क सुविधा

निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा ल्याइरहेको छ ।

यसैबीच, उसले एनसले एप डाउनलोड गर्ने ग्राहकलाई विभिन्न सुविधा पनि उपलब्ध गराएको छ ।

एनसेलकाअनुसार पहिलो पटक एनसेल एप प्रयोग गर्दा १ जिबी डाटा निशुल्क पाइने जनाएको छ ।

त्यसैगरी, एनसेल एपबाट धेरै नम्बर लगइन गर्न सकिने छ  ।

डाटा र भोइस प्याक किन्दा धेरै प्याक र आकर्षक मूल्यमा पाइने छ ।

त्यस्तै, दैनिक निशुल्क १० वटा एसएमएस पठाउन सकिने छ ।

निशुल्क कल विवरण हेर्न सकिने छ ।

एनसेल एपबाट डाटा र भोइस प्याकको बाँकी भोल्युमको जानकारी लिन पनि सकिने एनसेलले जनाएको छ  ।