कीवर्डहरू -

ह्वावेले आगामी ५ वर्षमा नेपालसहित दक्षिण एशियाली मुलुकमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्ने 

ह्वावेले आगामी ५ वर्षमा नेपालसहित दक्षिण एशियाली मुलुकमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्ने 

ह्वावले आगामी ५ वर्षमा बंगलादेश, श्रीलंका र नेपाल लगायत दक्षिण एशियालि मुलुकहरूमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्न सहयोग गर्ने भएको छ ।

सरकार, विश्वविद्यालय र औद्योगिक साझेदारहरूसँगको सहकार्यमा ह्वावेले आगामी ५ वर्षमा डिजिटल ट्यालेन्ट विकास गर्न सहयोग गर्ने ह्वावेका प्रवक्ताले बिहीबार डिजिटल टेलेन्ट क्षेत्रीय शिखर सम्मेलन अनलाइनमा बताएका थिए ।

‘समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन गर्ने’ शीर्षक रहेको शिखर सम्मेलनले तीन देशका मन्त्री र विद्वानहरू, युनेस्को र आईसीटी उद्योगका विज्ञ तथा प्रतिनिधिहरूलाई डिजिटल सीपको अन्तरलाई कम गर्न र महामारी पश्चातको आर्थिक पुनर्प्राप्तिमा डिजिटल रूपान्तरणको सहजीकरणका लागि सहयोगी पहलहरूको अन्वेषण गर्न एकै ठाँउ ल्याएको हो ।

‘हामी विश्वास गर्छौं कि ट्यालेन्ट इकोसिस्टम आर्थिक पुनर्प्राप्ति र एक दीर्घ चिरस्थायी डिजिटल भविष्यको आधारशिला हो । यद्यपि डिजिटल सीपको अभाव धेरै देशहरूको सबैभन्दा ठूलो चुनौती हो,’ शिखर सम्मेलनमा ह्वावे एसिया प्रशान्तका उपाध्यक्ष जे चेनले भने ।

‘आगामी पाँच बर्षमा ह्वावेले १ लाख भन्दा बढी आईसीटी ट्यालेन्टको विकास र निर्माण गर्ने अपेक्षा राखेको छ,’ उनले भने, ‘यस गतिशील क्षेत्रमा विशेष गरी बंगलादेश, श्रीलंका र नेपालमा एक जीवन्त डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने  छ ।’

कार्यक्रममा सहभागी मन्त्रीहरुले आईसीटी सोलुसनहरू प्रदान गर्न, डिजिटल ट्यालेन्टलाई प्रशिक्षण दिन र डिजिटल रूपान्तरण सक्षम पार्न सरकारलाई सहयोग पुर्याएको ह्वावेको पहलको सराहना गरेका थिए ।

‘डिजिटल ट्यालेन्टहरुको विकास डिजिटलाइजेशनको सँधै महत्वपूर्ण तत्व हुन्छ र नेपाल सरकार सँधै प्रविधि विस्तार गर्न र प्राबिधिक विशेषज्ञहरूको रोस्टर बनाएर डिजिटल नेपाल अभियानलाई सफल बनाउन काम गरिरहेको छ । ह्वावेले जहिले पनि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ र नेपालमा आईसीटी सम्बन्धित परियोजनाहरूको विस्तार पनि गर्दै आइरहेको छ,’ संचार तथा सूचना प्रविधि मन्त्रालयका हरि बस्यालले भने ।

बस्यालले डिजिटल रूपान्तरणले समाजमा निकै ठूलो परिवर्तन ल्याउने छ र यो युवालाई कुनै सीप सिकाउन सिकाउन महत्वपूर्ण छ भनेर जोड दिए । सरकार, शैक्षिक संस्था र निजी क्षेत्रहरूले डिजिटल ट्यालेन्ट इकोसिस्टममा सहयोग जारी राख्नु पर्छ ।

यस क्षेत्रका विज्ञहरूले प्यानल डिस्कसनमा भाग लिनु भएका थिए र कार्यक्रममा ट्यालेन्टका चुनौतीहरूको समाधानका लागि विचारहरू अन्वेषण गरियो जसमा पहुँच योग्य ट्यालेन्ट विकास समाधानमा डिजिटल भिजन प्रयोग गर्ने, आईसीटी भूमिकाका लागि मानक र सीप फ्रेमवर्क विकास गर्ने, समग्र शैक्षिक संरचनालाई अपग्रेड र च्यानलाईज गर्ने, र डिजिटल ट्यालेन्ट परिचालन गर्ने पर्दछ ।

‘महामारीले गर्दा हामीलाई धेरै चुनौतिहरूको सामना गर्नु परेको छ र यसले ठूलै डिजिटल ग्याप सिर्जना गरेको छ । प्रविधि यस अन्तरलाई कम गर्ने एक ड्राइभिंग फोर्स हो जुन मानिसहरूले अपनाउनु आवश्यक पर्दछ । मेरो विचारमा ब्क्ष्, बिग डाटाको पाठ्यक्रम स्कूलबाटै सुरु हुनुपर्छ र हामी यसमा काम गर्दैछौं । विश्वविद्यालय, उद्योग, सरकार र ह्वावेले प्रभावकारी डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्नका लागि संगै आएकोमा म धेरै खुसी छु,’ काठमाडौं विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिंगका डीन प्रा. डा. मनीष पोखरेलले भने ।

अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले दिगो विकासको लागि डिजिटल सीपको अन्तर कम गर्ने कुरामा जोड दिएका थिए ।

समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन गर्न हामीले डजिटल समावेशीकरण, मूलधारको डिजिटल सीप विकासको प्रचार र गुणस्तर शिक्षा सुनिश्चित गर्न डिजिटल–पेडागोजीकल परिवर्तनलाई बढावा दिनु पर्ने अफिस प्रमुख र बंगलादेशका युनेस्को प्रतिनिधि बीअट्रिस काल्डुनले बताए ।

महामारीको बखत ह्वावेले युनेस्को लगायतका साझेदारहरुसँग विद्यार्थी र प्रोफेसनलहरुलाई डिजिटल सोलुसन र डिस्टान्स लर्निंग रर्सिोस प्रदान गर्न सहयोग गरेको छ ।

यस टेक कम्पनीले डिजिटल ट्यालेन्ट विकास पहल विस्तार गर्ने र एउटा एण्ड–टु–एण्ड ह्वावे ट्यालेन्ट प्लेटफार्म प्रदान गर्ने योजना बनाएको छ, जसले सिक्न खोज्नेहरूलाई उनीहरूको क्षमता सुधार गर्न मद्दत पु¥याउँछ र वान–स्टप सेवा, अनलाइन कोर्स, परीक्षा, सर्टीफिकेट र कामको खोजी प्रदान गरी उनीहरूलाई करियर विकासमा सहयोग ह्वावेले जनाएको छ ।