दक्षिण कोरियाको म्युजिक ब्याण्ड बिटिएसले आफ्नै रेकर्ड तोडेर २४ घण्टामा विश्वकै सबैभन्दा बढि हेरिएको म्युजिक भिडियो बन्न सफल भएको छ ।
मे २२ मा के–पप ग्रुप बिटिएसले ‘बटर’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको थियो र यसले रेकर्ड २४ घण्टामा ११३ मिलियन भ्युज पाउन सफल भएको छ ।
यसभन्दा पहिले गत अगस्तमा बिटिएसको ‘डाईनामाईट’ नामक म्युजिक भिडियोले २४ घण्टामा १०१.१ मिलियन भ्युज प्राप्त गरेको थियो ।
‘बटर’ले युट्युब प्रिमियरमा पनि रेकर्ड कायम गर्न सपल भएको छ । यसलाई प्रिमियरमै ३.९ मिलियन सब्सक्राइबरहरुले हेरेका थिए । यो समाचार लेख्दा म्युजिक भिडियोमा १६० मिलियन भ्युज रहेको छ ।
म्युजिक भिडियोले अहिले सम्मकै छिटो १३ मिनेटमा १० मिलियन भ्यू र ५४ मिनेटमा २० मिलियन भ्यू पाउन सफल भएको थियो ।
यो रेकर्डलाई पुनः बिटिएसलेनै तोडेमा खासै आश्चर्य हुने छैन् किनभने के–पप ग्रुप बिटिएसको एकदमै ठूलो फयान्डम विश्वव्यापी रुपमा ‘आर्मी’ रहेका छन् ।
नेपालमा पनि बिटिएसको एकदमै धेरै फ्यानहरु रहेका छन् र आफ्नो आईडलको जन्मदिन वा अरु कुनै ठूलो अवसरमा संस्थाहरुलाई सहयोग प्रदान गरेर र अरु राम्रो कामहरु गरेर उनीहरुले सहयोग पुर्याईरहेका छन् ।