कीवर्डहरू -

नेपालको पहिलो ओईएम ब्राण्ड रिप्पलले सार्वजनिक गर्‍यो गेमिङ ल्यापटप 

नेपालको पहिलो ओईएम ब्राण्ड रिप्पलले सार्वजनिक गर्‍यो गेमिङ ल्यापटप 

नेपालमा आई सेभेन एघारौँ जेनेरेसनको सिपियु भएको रिप्पल प्यानडोरा ल्यापटप सार्वजनिक भएको छ । यो अल्ट्राबुक नेपालको पहिलो ओईएम ब्राण्ड रिप्पलले सार्वजनिक गरेको हो ।

रिप्पल प्यानडोरा नेपालमा आर्टिफ्याक्ट र आर्टिफ्याक्ट प्रो नामक दुई ओटा गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । रिप्पल प्यानडोरा इन्टेलको टाइगरलेक कोर आई ७ –११६५जी ७ प्रोसेसरले पावर गरिएको छ ।

यसमा इन्टेल आईरिस एक्सई जिपियू प्रयोग गरिएको छ । यसमा १९२०X१०८० एफएचडी डिस्प्ले रहेको छ । यो गेमिङ ल्यापटप ८ जीबीको डिडिआर फोर र्‍याम सहित आउने गर्दछ जसलाई ६४ जीबी सम्म बढाउन सकिन्छ ।

यो ल्यापटपमा फुल साइज ब्याकलिट किबोर्ड पनि रहेको छ जहाँ २३ ओटा रङ्ग मध्य आफूलाई मनपरेको रङ्ग छान्न सकिन्छ ।

यसमा अपरेटिङ सिस्टमको रुपमा जेन्युन विन्डोज टेन इन्स्टल गरिएको छ । स्टाोरेजको मामिलामा हेर्दा रिप्पल प्यानडोरा ल्यापट पूर्व इन्स्टल गरिएको २५६ जीबी एम डट २ एसएसडी स्लटसँग आउने गर्दछ ।

यसलाई २.५ इन्चको एसएटिए स्लट प्रयोग गरेर पनि स्टोरेज बढाउन सकिन्छ । यसमा ५१ वाट–आवर सेल ब्याट्रको पनि फिचर रहेको छ ।

यो ल्यापटप दुई वर्षको व्यारेन्टीका साथ आउने गर्दछ । ८ जीबी र्‍याम २५६ जीबी स्टोरेज भएको  रिप्पल प्यानडोराको मूल्य ७५ हजार तोकिएको छ ।

यसलाई फेसबुकमा यहाँ क्ल गरेर र ह्वाट्सएपमा ९८४०६१०८२३ मा सम्पर्क गरेर प्रिअर्डर गर्न सकिन्छ ।