भारतमा मे २६ देखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द हुन सक्ने भनेर भारतीय मिडियाले लेखेका छन् ।
भारत सरकारले तीन महिना अघि ठूला सामाजिक सञ्जालका लागि नयाँ नियमहरु ल्याएको थियो । उक्त नियमको पालना नगरेको भन्दै सामाजिक सञ्जाल बन्द गर्न सक्ने बताइएको हो ।
सामाजिक सञ्जालहरुका लागि भनेर भारत सरकारले तीन महिना अघि ल्याएको 'इन्टरनेसनल गाइडलाइन एण्ड डिजिटल मिडिया इथिक्स कोडि रुल्स २०२१' लाई आजसम्म पनि धेरै सामाजिक सञ्जालले पालना गरेका छैनन् ।
सरकारको यो नियम मे २६ देखि प्रयोगमा ल्याउने जनाएको थियो । सामाजिक सञ्जालहरुले देशको नियम नमानेमा उनीहरुले आफ्नो अस्तित्व गुमाउने र अपराध सरह हुने भनेर भारतीय मिडियाले लेखेका छन् ।
कु नामक सामाजिक सञ्जालबाहेक कुनै पनि सामाजिक सञ्जालले आवासीय गुनासो अधिकारी, मुख्य गुनासो अधिकारी र नोडल सम्पर्क व्यक्ति नियुक्त गरेका छैनन् जुन नियमावलीमा राखिएको छ ।
उत्पीडनको विरुद्धमा केही पनि पाइला नचालेको भनेर उपभोक्ताहरुले पटक पटक गुनासो गरिरहेका छन् र यही सबै कुरालाई मध्यनजर गर्दै ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालहरु बन्द हुन सक्ने बताइएको हो ।
सामाजिक सञ्जालहरुले कुन कुन समस्याहरु प्रयोगकर्ताले भनेका थिए र ती समस्या हल गर्न सामाजिक सञ्जालले के कार्य गर्यो भनेर रिपोर्ट बनाएर दिनु पर्ने हुन्छ तर त्यो काम कुनै पनि सामाजिक सञ्जालले गरिरहेको छैन् ।
भारतमा प्रयोगकर्ता धेरै भएता पनि ती सामाजिक सञ्जालहरुले भारतले ल्याएको नियम पालना गर्न कुनै कदम नचालेकोको भनेर तेलङ गना टुडे मा उल्लेख छ ।