रुस प्रशासनले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२,००० डलर जरिवाना तिराएको छ । मकाउको अनलाइन सामाग्री डिलिट गर्न नमानेकाले गूगललाई यो जरिवाना तिर्न लगाइएको हो ।
रोस्कोम्नाडजोर ईन्टरनेट कमिसनले गूगललाई २४ घण्टा दिदै रुसले अनैतिक सामाग्री भनेर छुट्याएको २६,००० कन्टेन्टहरुलाई हटाउन अल्टिमेटम दिएको थियो ।
गूगलले भनेको नमानेमा आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत जरिवाना तिर्नुपर्ने पनि बताएको थियो ।
रोयटर्सका अनुसार रोस्कोम्नाडजोरले पनि गूगललाई प्रशासनीक मामिलामा दखल गरेको आरोपको विरुद्धमा २७,२०० डलर जरिवाना तिराएको छ ।
क्रेमलिन आलोचक एलेक्जेई न्याभाल्नीलाई प्रक्राउ गरेदेखि रुसमा यो वर्षको सुरुवात देखिनै आन्दोलनहरु भईरहेका छन् र मस्काउले गूगल, फेसबुक, ट्वीटर र अरु साइटहरुले बालबालिकालाई पनि आन्दोलनमा सहभागी हुन प्रोत्साहन गर्ने खालको कन्टेन्ट ल्याएको आरोप लगाएको थियो ।
रोस्कोम्नाडजोरका अनुसार ट्वीटरले बालबालिकालाई उत्पीडन गर्ने खालको सामाग्री, लागु पदार्थको प्रयोग र आत्महत्या गर्नलाई प्रोत्साहित गरेको छ । गूगलका लागि रुसको अन्तिम निर्णय आउन अझै पनि बाँकीनै छ ।