आर्मको पहिलो भि नाइन सीपीयु फोनका लागि मात्रै नभएर कम्प्युटरका लागि पनि निर्माण गरिएको छ । कम्पनीले नयाँ कर्टेक्स सिपियु ल्याएको छ जसले ल्यापटप, कम्प्युटर, स्मार्टफोन र वेयेरेबललाई पावर गर्न सक्छ ।
यसको नाम आर्म कर्टेक्स–एक्स टू हो जसले प्रिमियम स्मार्टफोन देखि ल्यापटपलाई पावर गर्न सक्छ । यसले एन्ड्रोइड फोनहरुलाई ३० प्रतिशत राम्रो पर्फर्मेन्स दिने गर्दछ ।
आर्मले वेयेरेबलका निम्ति कर्टेक्स ए फाइभ १० ल्याएको हो । यसले घडीमा ३५ प्रतिशत राम्रो परफोरमेन्स दिने गर्दछ ।
यी चिपहरु सन् २०२३ सम्ममा ६४ बिटको हुने कम्पनिले बताएको छ । आर्मको नयाँ प्रविधि प्रयोगमा आउन अझै पनि केही समय लाग्ने कम्पनीले बताएको छ ।