इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), पुलचोकमा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेडेमी सुरु हुने भएको छ । जेनेससंगै स्कील फर ईम्प्लोईमेन्ट प्रोग्राम(सिप) र यूकेएडको सहकार्यमा इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओइ) मा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेडेमी सुरु हुने भएको हो ।
नेपालमै पहिलो पटक एडब्लुएस क्लाउड एकेडेमी सुरु हुने भएको कम्पनिले जानकारी दिएको छ । कार्यक्रमको औपचारिक सुरुवात जुन १ तारिखको दिन मंगलबार दिउँसो १ ः३० बजेदेखि जूम मार्फत सञ्चालन हुनेछ । जेनेसले इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग मास्टर्स प्रोग्रामका विद्यार्थीका निम्ति प्रविधिमा आधारित शिक्षाको परिवर्तनका निम्ति सेसन आयोजना गर्ने भएको हो ।
यो कार्यक्रम सातै प्रदेशलाई समेट्ने गरी संचालनमा ल्याइने छ । कार्यक्रममा यूकेएड र जेनेसको सहकार्यले ल्याएको परिवर्तनको बारेमा पनि छलफल गरिनेछ । औपचारिक सुरुवातको कार्यक्रममा सहभागी हुन् यहाँँ क्लिक गर्नुहोस् ।