नेटफ्लिक्सले एन्ड्रोइडमा ‘प्ले समथिङ’ भन्ने फिचरको जाँच गरिरहेको छ । अप्रिलमा नेटफ्लिक्सले टिभीका लागि प्ले समथिङ बटन ल्याएको थियो ।
अब भने कम्पनीले विश्वव्यापी रुपमा एन्ड्रोइडका लागि जाँच गर्ने भएको हो । नेटफ्लिक्स चलाउने प्रयोगकर्ताले दुवै बच्चा र ठूलो मान्छेको अकाउन्टमा नयाँ बटन आएको देख्न सक्नेछन् ।
यसले प्रयोगकर्ताको वाच हिस्ट्री याद गरेर प्रयोगकर्तालाई मनपर्न सक्ने शो आफै प्ले गरिदिन्छ । प्ले सम्थिङ बटन प्रयोगकर्ताको प्रोफाइलको तल हुनेछ ।
यो होमपेजको दसौँ पङ्क्तिमा पनि उपलब्ध हुने छ । त्यो बटनमा क्लिक गरेपछि नेटफ्लीक्सले आफ्नै तर्फबाट शोहरु देखाउन थाल्छ जसले गर्दा प्रयोगकर्ताले पनि सोका लागि मिहिनेत गर्नुपर्दैन् ।
यसमा कुनै नयाँ शो पनि हुन सक्छ वा हेरिसकेको शो पनि पर्न सक्छ । यसैमा प्ले समथिङ एल्स अप्सनको प्रयोग गरेर नेटफ्लीक्सलाई कुनै अर्काे शो देखाउन पनि भन्न सकिन्छ ।
यो फिचरबाट एक्जीट गरेर पहिले जसरीनै आफै शोहरु खोज्न सकिन्छ । स्क्रीन रिर्डरको फिचर प्रयोग गर्नेका लागि प्ले समथिङ फिचरमा टेक्सट टू स्पीच सपोर्ट पनि रहेको छ । यो फिचर नेटफ्लीक्सले प्रयोगकर्तालाई शो खोज्नमा धेरै समय नलगाइकनै शो हेर्न प्रोत्साहित गर्न ल्याएको हो ।