गत फागुसम्म सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध गरिएको छ ।
सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा विभिन्न निकायका कर्मचारीहरुको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आबद्ध गरी व्यवस्थापन गरिएको उल्लेख छ ।
नेपाल सरकारका कर्मचारीहरुको इमेलको आधिकारिकता र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायका कर्मचारीहरुको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आबद्ध गरी व्यवस्थापन गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
साथै सरकारले ११ हजार इमेलको सुरक्षाका लागि आवश्यक सफ्टवेयर समेत जडान गरिएको सर्वेक्षणमा बताइएको छ ।