सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण दिन आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण उपलब्ध गराउन आग्रह हो ।
आगामी जेठ २८ गतेसम्म राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण उपलब्ध गराउन सकिने छ ।
राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा मन्त्रालयको वेबसाइट मा राखिएको छ । उक्त मस्यौदा माथिको राय, सुझाब, पृष्ठपोषण [email protected] वा [email protected] इमेलमा उपलब्ध गराउन सकिने छ ।