कीवर्डहरू -

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

कोभिड संकट व्यवस्थापनमा केन्द्रित आर्थिक वर्ष २०७८/०७९ को  बजेट सार्वजनिक भैरहेको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० को व्यवस्था गरिएको छ । कृषि क्षेत्रको बजेट वृद्धि गरिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

 शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने व्यवस्था बजेटले गरेको छ । अहिले अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्बजनिक गरिरहेका छन् । 

कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन भएको छ । कोरोना खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट छुट्याइएको छ ।