मालवाहक तथा अन्य सवारी साधनमा जिपिएस जडान गरिने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मालवाहक तथा अन्य सवारी साधनमा जिपिएस प्रयोग गरिने बताएका हुन् ।
त्यस्तै सार्वजनिक यातायातमा ई-टिकटिङको व्यवस्था गरिने अर्थमन्त्री पौडेलले जानकारी गराए ।
यातायात क्षेत्रको व्यवस्थापनको लागि नयाँ प्रविधि र अनलाइन टिकटिङलाई प्राथमिकता दिइने कुरा बजेटमा उल्लेख गरिएको छ ।