कीवर्डहरू -

मिड रेन्जको काम लाग्ने स्मार्टफोन - हुवावे वाई ९

मिड रेन्जको काम लाग्ने स्मार्टफोन - हुवावे वाई ९

स्मार्टफोन इन्डस्ट्रीमा हुवावे  प्रचलित नाम हो । बिगत केहि समय यता हुवावेले आधुनिक फिचर सहितका नयाँ मोडलका स्मार्टफोनहरु विश्वबजारमा ल्याएको छ ।

नोभा २ आइ मेट १० प्रो तथा पी १० प्लस लगायतका हुवावेका स्मार्टफोनहरु बजारमा आइसकेका छन् । २०१८ मा हुवावेले पुनः वाई सिरिजको स्मार्टफोन हुवावे वाई ९ (२०१८) बजारमा उपलब्ध गराएको छ ।


हुवावे वाई ९ मा क्वाड क्यामेरा सेटअप छ । यस अघि चारवटा क्यामेरा सहित हुवावेको नोभा २ आइ स्मार्टफोन पहिलो पटक नेपाली बजारमा भित्रिएको थियो र फोटोग्राफीको हिसाबले एकदमै लोकप्रिय भएको थियो । उक्त स्मार्टफोन नोभा २ आइको सफलता पछि हुवावे नेपालले पुनः हुवावे वाई ९ ल्याएको हो ।


हुवावे वाई ९ मा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १६ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफर २.० को एपर्चर छन् ।

रियरमा अटोफोकस,कन्टिनियस सुटिङ, जियो ट्यागिङ,डिजिटल जुम,एचडीआर,पानोरमा,टच फोकस,फेस डीटेक्सन आदि फिचरहरु समाबेश छन् ।


भने अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि हुवावे  वाई ९ मा १३  मेगापिक्सेल र २ मेगापिक्सेलको दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा एफर २.० को एपर्चर र टोनिङ् फ्ल्यास रहेको छ। हुवावे वाई ९ मा दूवै रियर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड तथा ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन् ।

\"\"
फोनमा डिस्प्लेको कुरा गर्दा ५.९३ इन्चको आइपिएस् एलसीडी स्क्रिन १८स्९ एस्पेक्ट रेसियोमा छ । रेजोलुसन फुल एचडी १०८०ह२१६० पिक्सेल छ । फोनलाई अपरेट गर्न नन रेमुभेवल ४००० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ । यसका साथै एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टममा यो फोन चल्छ ।


वाई ९ मा २५६ जीबी थप गर्न मिल्ने स्टोरेजको साथ ३  जीबीको र्याम र ३२ जीबीको आन्तरिक स्टोरेज  समेत उपलब्ध छ । हुवावे वाई ९ मा ओक्टाकोर किरिन हाइ सिलिकन ६५९ चिपसेट छ ।

साथै लाइट प्रोक्सीमिटि,कम्पास,एक्सेलेरोमिटर,फिंगरप्रिन्ट तथा जायरो आदि सेन्सरहरु यो फोनमा उपलब्ध छन  ।
मिड–रेन्ज फोन हुवावे वाई ९ को नेपाली बजार मूल्य रु २५ हजार ९ सय तोकिएको छ ।