कीवर्डहरू -

मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा

मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा

कोभिड–१९ महामारीको समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श सेवा शुरू गरेको छ ।

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न गत बिहीबारदेखि औपचारिक रूपमा मेरो डाक्टर सञ्चालनमा आएको हो ।

अनलाइन भिडियो परामर्श सेवाले बिरामीको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज प्रालिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

निषेधाज्ञाको समयमा अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ ।

यसबाट विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने कम्पनीले बताएको छ ।

कोभिड महामारीको समयमा मात्र होइन विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई छन् ।

भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ ।

सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामी मध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ ।

सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ ।

कसरी लिने सेवा ?

विरामीहरुले आफुसँग रहेका मोबाइल वा ल्यापटप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नुहुनेछ ।

यदी तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ ।

यदी तपाई आईओएस फोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुनेछ ।

ल्यापटप तथा डेक्स्टप प्रयोगकर्ताले मेरो डाक्टरको बेसाइटबाट समेत अनलाइन परामर्श सेवा लिन सक्ने छन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफुलाई नजिक पर्ने फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिने छ ।

मेरो डाक्टर एप प्रयोग गर्ने थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । जहाँ सजिलोका लागि भिडियो म्यानुअल राखिएको छ ।