कीवर्डहरू -

बुलगार्डका नयाँ भर्सनका एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीहरु बजारमा  

बुलगार्डका नयाँ भर्सनका  एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीहरु बजारमा  

बुलगार्ड कम्प्युटर सेक्युरिटी कम्पनि हो । बुलगार्डले साना तथा मझौला साइजका युजरहरुका लागि मुख्यतः इन्टरनेट सेक्युरिटी र एन्टीभाइरस प्रडक्टहरु उत्पादन गर्ने गर्दछ । बुलगार्डले सुरक्षित तथा प्रयोगको लागि सजिलो सफ्टवेयरको उत्पादन गर्ने गर्द्छ ।

नेपा \"\" लमा फाल्कन इन्टरनेसनलले बिगत केहि बर्षदेखि गुणस्तरीय सेक्युरिटी प्रडकटहरु बजारमा उपलब्ध गराउदै आएको छ।

बुलगार्डले फ्रिस्क पान्डा तथा कास्पर्सकाइ आदि एन्टीभाइरस कम्पनिहरुसंग प्रतिस्पर्धा गरिरहेको छ ।

यो एन्टीभाइरसले सबैखालको मेल्वेयरहरु(,बैंकिङ डाटाहरु चोर्न तयार गरिएका मेलवेयर,फिजीङ तथा ट्रोजान आदि ) को बिरुद्धमा पावरफुल लेयर प्रोटेक्सन प्रदान गर्दछ ।

साथै यसले र्यान्समवेयरबाट पनि बचाउने गर्दछ । बुलगार्डले नेक्स्ट जेनको एन्टीमेल्वेयर प्रदान गरेको छ ।

बुलगार्डले विन्डोज,एन्ड्रोइड तथा म्याकहरुको लागि सेक्युरिटि सर्भिसको उत्पादन गर्दछ । बुलगार्डमा विन्डोजको लागि, पारेन्टल कन्ट्रोल,गेम बुस्टर, भल्नरेबिलिटि स्क्यानर,फायरवाल, सेफ ब्राउजीङ, क्लाउड इन्टीग्रेटेड ब्याकअप आदि फिचरहरु रहेका छन् ।

यसले तीन चरणको प्रोटेक्सन प्रदान गर्द्छ ।प्रथम चरणमा यसले ट्रस्टेड साइट र एप्लीकेशनको पहिचान गर्दछ र दोश्रो चरणमा यसले मेलवेयरसँग सम्बन्धित सिग्नेचर तथा एनोमेलिसको कोड लगातार स्क्यान गर्ने गर्द्छ । तेस्रो चरणमा यदि कुनै मेलवेयर प्राप्त भएमा त्यसलाई निस्क्रिय पर्ने काम पनि यो बुलगार्डको एन्टिभाइरसले गर्ने गर्दछ ।

यसको साथै एन्ड्रोइडमा एन्टीभाइरस, क्लाउड इन्टीग्रेटेड ब्याकअप, पारेन्टल कन्ट्रोल,एन्टीथिफ्ट,कल मेनेजर तथा मोबाइल सेक्युरिटी मेनेज आदि फिचर्स रहेका छन् भने म्याकमा भने बुल्गार्डको एन्टीभाइरस फिचर मात्र छ । यी फिचरहरुले कम्प्युटर तथा मोबाइल फोनमा चौबिसै घण्टा सपोर्ट गर्दछन् ।