सामसङले आफ्नो स्मार्ट मनिटरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । सामसङले २४ इन्चको १०८० पी एमफाइभ स्मार्ट मनिटर पनि सार्वजनिक गरेको छ ।
यी दुवै मोडेलले प्रडक्टिभिटी र मनोरञ्जन दिने गर्दछन् । यसमा बिल्ट इन स्पीकर पनि रहेको छ । यसको स्मार्ट टिभी कार्यक्षमतालाई सामसङको टाइजेन ओएसले पावर गरिएको छ ।
यसले नेटफ्लिक्स जस्तो स्ट्रीमिङ एप कम्प्यूटरलाई पावर नगरिकनै चलाउन दिन्छ । त्यस्तै यसमा डेक्सको माध्यमले ग्यालेक्सी स्मार्टफोन जोडेर डेक्सटप कम्प्यूटर बनाएर प्रयोग गर्न दिन्छ ।
फोरके एम सेभेन भेर्सनमा सोलार ऊर्जाले चल्ने रिमोट पनि हुने गर्दछ । दुवै मोडेलले एलेक्सा, गूगल एसिस्टेन्ट र बिक्सबी भ्वाईस कन्ट्रोलको सुविधा दिने गर्दछ ।
फोरके भेर्सनमाएचडीआर १० रहेको पनि सामसङको दावी रहेको छ । सामसङको २४ इन्चको स्मार्ट मनिटरको २३० डलर र ४३ इन्चको फोरके एम सेभेन भेर्सनको ४०० डलर पर्ने गर्दछ ।