चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेको भनेर मुद्दा हालेका छन् । बेइजिङ किशोरकिशोरी कानून सहायता र रिसर्च सेन्टरले मोबाइल गेमलाई एरिना अफ भ्यालर भन्ने ठाउँमा बच्चाहरूको लागि उपयुक्त नभएको सामग्री सामेल गरेको दावी गरेको छ ।
सार्वजनिक हित समूहले नाबालिकको संरक्षणका निम्ति कानूनको संशोधित लागू भएपछि मंगलबार मुद्दा दायर गरिएको हो । टेन्सेन्टले केही वर्षदेखि यो गेम खेल्ने न्यूनतम उमेर १८ देखि १२ वर्ष बनाईदिएको छ ।
‘अनर अफ किङ्ग्स’ मा क्यारेक्टरहरुले एकदमै छोटो लुगा लगाएको र परम्परागत संस्कृति को सम्मान नगरेको भन्ने आरोप लगाइएको छ । अनर अफ किङ्ग्सको दैनिक १०० मिलियन सक्रिय प्लेयर रहेका छन् ।