कीवर्डहरू -

फुडिप्लेसले ल्यायो नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली 

फुडिप्लेसले ल्यायो नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली 

फुडीप्लेसले रेस्टुरेन्टमा नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली ल्याएको छ । यो प्रणाली नेपालमा पहिलो चोटि आएको हो र यसले कन्ट्याक्टलेस डाइनिङ अनुभव लिन दिन्छ । यसलाई जिरो कन्टयाक्ट मोडेल पनि भनिन्छ ।

यो प्रणालीले गर्दा ग्राहकहरुले रेस्टुरेन्टको टेबलहरुमा राखिएको क्यूआर कोड स्कयान गरेर वेटर बिनानै खानेकुरा अर्डर गर्न सकिन्छ । यो फिचर कुनै पनि एप बिनानै स्मार्टफोन प्रयोग गरेर प्रयोग गर्न सकिन्छ ।

मेन्यु छुँदा संक्रमण हुने डर बढि हुने भएकाले पनि यो प्रक्रिया अहिलेको समयका लागि एकदमै प्रभावकारी हुने फुडीप्लेसको विश्वास रहेको छ । फुडीप्लेसले व्यवसायहरुलाई डिजिटल ईकोसिस्टममा समावेश गर्नलाई मद्दत पु¥याईरहेको छ ।

फुडीप्लेसले सानो र मध्यम वर्गी रेस्टुरेन्ट व्यवसायहरुलाई निःशुल्क फुड अर्डरीङ र अर्डर व्यवस्थापन प्रणाली पाि दिने भएको छ । एफएन ए उद्योग समस्यामा रहेकाले फुडीप्लेसले यो प्रोजेक्ट अघि ल्याएको हो ।