डिशहोमले ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान शुरू गरेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश सुरु गरेको हो ।
गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० को प्रसारण डिशहोमबाट हुने कम्पनीले जनाएको छ ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने कम्पनीको अपेक्षा रहेको छ ।
यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सकने छन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।
हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुनेछ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ ।
यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्याग मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्ने छ ।
भाग्यशालीले ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।
यसरी सहभागी हुन सकिन्छ अभियानमा
शुरूमा सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh प्रयोग गर्नुपर्नेछ र आफुले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।
खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ ।
सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।
विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ । डिशहोम नेपालको सबै भन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो ।
नेपालको ७७ जिल्लाहरुमा सेवा संचालन भए संगै यो नेपालको सम्पूर्ण बजारहरुमा सक्रिय रहेको छ ।