कीवर्डहरू -

ओपोद्वारा ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनको घोषणा

ओपोद्वारा ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनको घोषणा

ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनको घोषणा गरेको छ । अन्तरक्रियात्मक वर्कशप्स, नेटवर्किंग क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप्स  र नवप्रर्तनात्मक योजनाहरुलाई यस बर्षको आफ्नो अन्तरराष्ट्रिय ईभेन्टमा आवेदनका लागि आग्रह गरेको छ ।

यस बर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप बिषयबस्तु माथि आधारित हुने जानकारी दिइएको छ ।

ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तरराष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको छ ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्नेहुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिंग ग्रुप’ वा ‘ग्रोइंग ग्रुप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ ।

प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरिक्षण जारी रहनेछ । ईच्छुकले थप जानकारी प्राप्त यहाँ क्लिक गर्नुहोस् भने सहभागिताका लागि यहाँ क्लिक गर्नुहोस् ।

ह्याकहब क्लाउड आधारित स्मार्ट कम्पिटिशन प्ल्याटफर्म हो । यसको स्थापना नर्थ अमेरिकाका ह्याकाथन इन्थूजियास्टहरुले गरेका हुन् ।

सन् २०१६ देखि यसले शिक्षा, बित्त, मेडिकल केयर, आर्टिफिशियल ईन्टेलिजेन्सी, ब्लोकचेन लगायत बिषयमा आधारित हुदै विश्वभर विभिन्न प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको छ ।

विश्वका उत्कृष्ट नवप्रबर्तक, डिजाइनर्स तथा प्रोग्रामर्सहरुलाई एकै ठाउँमा भेला गर्न सफल ह्याकहबले देश तथा विदेशमा सयौँ सफल प्रतियोगिताको आयोजना गरिसकेको छ ।