एलजीले आगामी नोभेम्बरमा आफ्नो डिजिटल वालेट एलजी पे बन्द गर्ने योजना बनाएको छ । प्रयोगकर्ताहरुले मङ्गलबार देखि एलजी पेबाट किनमेल गर्न वा गिफ्ट कार्ड एड गर्न सक्ने छैनन् ।
अगस्ट १ देखि कम्पनीले नयाँ प्रयोगकर्ता अस्वीकार गर्ने पनि जनाएको छ । अहिलेका प्रयोगकर्ताहरुले पनि नयाँ क्रेडिट कार्ड रजिस्टर गर्न पाउँदैनन् । प्रोभिजन्ड कार्डलाई भने कम्पनी पूर्ण रुपमा बन्द नभएसम्म प्रयोग गर्न सकिन्छ ।
एलजी पे बन्द भएपनि कम्पनीको अरु सेवामा कुनै असर नपर्ने एलजीले जनाएको छ । एलजी पेको प्रयोगकर्ताहरुलाई कम्पनीले नोभेम्बरसम्ममा आफ्नो फण्ड सक्याउनलाई सुझाव दिएको छ ।
एलजी पे पहिलो चोटि सन् २०१८ मा घोषणा गरिएको थियो । अप्रिलमा एलजीले स्मार्टफोन बनाउन पनि बन्द गर्ने निर्णय गरेको थियो ।