डिजिटल नेपालका लागि बजेट विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । शनिबार अर्थात भोली साँझ ४ बजेबाट शुरू हुने डिजिटल संवादमा सरोकारवालाहरुसँग डिजिटल नेपालका लागि बजेट विषयमा छलफल हुने भएको हो ।
यस छलफलमा स्पीकरका रूपमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त र नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटा अध्यक्ष मंगेश लाल श्रेष्ठ रहेका छन् ।
त्यस्तै कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवर, इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुली, व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ, आइसिटी समाचारका सम्पादक सन्तोष न्यौपाने र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह पनि वक्ताका रूपमा सहभागी हुनेछन् ।
जुम मार्फत सञ्चालन हुने यो छलफल लिभिङ विथ आइसिटी फेसबुक पेज र आइसिटी समाचारको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । यो कार्यक्रममा सहभागी हुन
यहाँ क्लिक
गरी रजिष्टर गर्नुहोस् ।