दक्षिण कोरियाका एक व्यक्तिले बाटोमा मोबाइल फोन चलाउँदै हिड्हरुको लागि तेस्रो आँखा अर्थात ‘थर्ड आइ’ बनाएका छन् ।
दक्षिण कोरियाको एक औद्योगिक डिजाइनरले बाटोमा हिडँदा पनि स्मार्टफोन चलाउने व्यक्तिहरुका लागि दुर्घटनाबाट जोगाउन ‘थर्ड आइ’ नामक उपकरण बनाएका हुन् ।
दक्षिण कोरियाका २८ वर्षे पेङ मिन वुकले रोबोटिक आइबलको निर्माण गरेर ‘थर्ड आइ’ नाम दिएका छन् । यसलाई प्रयोगकर्ताले निधारमा लगाउनु पर्छ र यो उपकरणले गर्दा बाटोमा कुनै बाधा आएमा जोगिदै स्मार्टफोनमा निर्धक्क चलाउन गर्न सकिन्छ ।
यो उपकरणले प्रयोगकर्ता टाउको निहुराएर स्मार्टफोन चलाइरहेको थाहा पाउने बित्तिकै पारदर्शी आईलिड खोलेर प्रयोगकर्तालाई बाटोमा रहेको पोलहरु वा अरु कुनै बाधाबाट जोगाउने गर्छ ।
यो उपकरण प्रयोग गर्दा प्रयोगकर्ता कुनै अवरोधको एक दुई मिटर नजिक आएमा डिभाइस बजेर प्रयोगकर्तालाई सर्तक गराइदिन्छ । वुकले रोयटर्सलाई यो उपकरणको डेमो देखाउँदै जानकारी दिएका थिए ।
थर्ड आइले गाइरो सेन्सर प्रयोग गरेर प्रयोगकर्ताको अब्लिक एंगल नाप्ने गर्छ । त्यस्तै कुनै अवरोध र प्रयोगकर्ता बीचको दूरी नाप्नका लागि अल्ट्रासोनिक सेन्सर प्रयोग गर्ने गर्छ । दुबै सेन्सर माइक्रो कन्ट्रोलरसँग कनेक्ट भएका हुन्छन् र ब्याट्रीले चल्ने गर्छन् ।
रोयटर्ससँग कुरा गर्दै अहिलेको समयमा धेरै युवाहरु बाटोमा स्मार्टफोन चलाएर दुर्घटना भईरहेको देख्दा उनले यो उपकरण बनाउने आईडिया पाएको बताएका छन्।
वुकले ‘थर्ड आई’का लागि क्यामेरा मोड्युल र लिङ गर्न मिल्ने मोबाईल एप पनि बनाउने लक्ष्य राखेका छन् । अहिले नै उनीले यस आविष्कारलाई व्यवसायिकरण गर्ने कुनै योजना नराखेको बताए ।