अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
शनिबार भइरहेको डिजिटल संवादमा बोल्दै आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
पछिल्लो काल खण्डमा नेपालले डिजाटाइजेसनमा फड्को मारेको उनले बताए । अहिले डिजिटाइजेसन सरकारले केही काम गरेको भएपनि त्यो काम प्रर्याप्त नभएको उनको भनाइ छ ।
‘प्रत्येक क्षेत्रहरु डिजिटलसँग आवद्ध छन् । थुप्रै ठाउँमा डिजिटाइज गर्नुपर्ने खाँचो छ,’ उनले डिजिटल संवादमा भने ।