अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले डिजिटाइजेसनमा वित्तिय क्षेत्र अगाडि रहेका बताएका छन् ।
शनिबार आयोजित डिजिटल संवादमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले फाइनान्सियल क्षेत्रमा डिजिटाइजेसन व्यापक रूपमा बढेको बताएका हुन् ।
कोरोना महामारी पछि वित्तिय क्षेत्रमा डिजिटाइजेसन तिब्र रूपमा विस्तार भएको उनको भनाइ छ । अहिले क्युआर कोड, डिजिटल वालेट लगायतको प्रयोग बढेको उनले बताए ।
‘अहिले सामान्य खुद्रा पसलमा पनि क्युआर कोडबाट पेमेन्ट गर्न सकिने अवस्था छ,’ श्रेष्ठ भन्छन्, ‘महामारीपछि इकमर्स पनि फस्टाएको छ । कोरोना महामारीले शक पनि दिएको छ साथै त्यसको वैकल्पिक काम सोच्न बाध्य पारेको छ ।’
‘अहिले मोबाइलमै बैंक छ । मोबाइलबाटै पैसा तिर्न सक्छौं, लिन सक्छौं,’ उनले भने ।