कीवर्डहरू -

क्लबहाउस कसरी प्रयोग गर्ने, रुम कसरी बनाउने ? (भिडियो)

क्लबहाउस कसरी प्रयोग गर्ने, रुम कसरी बनाउने ? (भिडियो)

क्लबहाउस भ्वाइस च्याटिङ एप हो। एन्ड्रोइड र आईओएसका दुवैमा उपलब्ध छ। यो पूर्ण रुपले अडियो एप हो । यो एपमा केही पनि सेभ हुँदैन् । पछि गएर प्ले गर्छु भनेर यो एपमा गर्न मिल्दैन् ।

यो एपमा प्रयोगकर्ताहरुले विभिन्न छलफल होस्ट गर्ने वा छलफलमा भाग लिन सक्छन् । एप खोलेपछि प्रयोगकर्ताहरु विभिन्न रुमहरुको सूची नै पाउनसक्नेछन ।

ती रुमहरुमा जोइन गर्न पनि सकिनेछ वा आफ्नै रुम बनाउन पनि सकिन्छ । हरेक रुममा भिन्दाभिन्दै विषयहरुमा छलफल गरिन्छ र धेरैजसो समय ती रुमहरु कुनै विषयको विज्ञलेनै होस्ट गर्ने गर्दछन् । यसमा कुनै भिडियो वा पिक्चर हुँदैन् र टेक्स्ट पनि एकदमै विरलै हुने गर्दछ ।

क्लबहाउस मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गईरहेको छ ।

क्लबहाउस एपलाई कसरी प्रयोग गर्ने त ?

क्लबहाउस जोइन गर्नुभन्दा पहिले प्रयोगकर्तासँग क्लबहाउसको इन्भिटेसन हुनुपर्छ । हरेक प्रयोगकर्ताले सिमीत शङ्ख्यामा इन्भिटेसन पठाउन सक्नेछन् । सर्वप्रथम गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गर्नुपर्छ त्यसपछि आफ्नो इन्भाइट कोड हालेर प्रयोगकर्ताहरुले प्रोफाइल बनाउनुपर्छ । यसपछि रुमहरुमा अरुले चिनिने गरी यूजरनेम छान्नुपर्ने हुन्छ । त्यसपछि बायोमा प्रोफाइल पनि राख्न सकिन्छ । क्लबहाउसमा ट्वीटर र इन्स्टाग्राम अकाउन्ट पनि लिकं गर्न सकिन्छ ।

प्रोफइल बनाईसकेपछि ह्याङग आउट, वल्र्ड अफेयर, लाइफ, हसल, नलेज, वेलनेस, प्लेसज, फेथ, मनोरञ्जन, आईडेन्टीटी, टेक, लैंग्वेज, स्पोटर्स र आर्टस जस्ता शीर्षकहरुबाट आफूलाई मनपर्ने विषयहरु छान्नुपर्नेछ । यदि एपलाई कन्टयाक्टको पहुँच दिएमा एपले मान्छेशरु पनि सुझाव दिन थाल्छ । नत आफूले छानेको चासोको विषय अनुसार पनि एपले रुमहरुको सुझाव दिने गर्दछ ।

रुम कसरी सुरु गर्ने ?

क्लबहाउसमा रुम बनाउन एकदमै सजिलोनै हुने गर्दछ । रुम स्टार्ट गर्नलाई होम स्क्रीनको तल रहेको ‘स्टार्ट अ रुम’ भन्ने बटनमा थिच्नुपर्छ । त्यसपछि रुमलाई ओपन, सोसल वा क्लोजड बनाउने भनेर छान्नुपर्छ ।

लिङ्क हुने हरकोहीले ओपन रुपमा जान पाउँछन् । तपाईलाई फलो गरेकोहरुले सोसल रुममा जानपाउँछन् । क्लोजड ग्रुपमा तपाईले स्वीकृति दिएपछि मात्रै जोडिन मिल्छ । यति गरेपछि आफ्नो रुमको लागि कुनै शीर्षक छान्नुपर्ने हुन्छ । त्यसपछि ‘लेट्स गो’ भन्ने अप्सनमा थिचेपछि अन एयर हुन सकिन्छ ।

रुम कसरी जोइन गर्ने ?

रुममा जोइन गर्न पनि एकदमै सहजनै हुने गर्दछ । आफूलाई मनपर्ने विषयको रुममा होमस्क्रीनबाट वा आफूलाई मनपर्ने विषय खोजेर क्लिक गर्दा रुममा जोडिन सकिन्छ । रुममा जोडिने बित्तिकै माइक स्वतः रुपमा म्यूट हुने गर्दछ । बोल्नका लागि ‘रेज योर ह्याण्ड’ भन्ने अप्सनमा थिच्दा होस्टले अनम्यूट गरिदिन्छन् र बोल्न सकिन्छ ।

"