टिन्डरले फोन नम्बरको आधारमा मान्छेहरुलाई ब्लक गर्न मिल्ने फिचर ल्याउने भएको छ । यो फिचरले गर्दा तपाइले आफ्नो आफन्तजन वा पूर्व सम्बन्ध भएका मान्छेहरुलाई ब्लक गर्न सक्नुहुनेछ । यो फिचरको नाम ब्लक कन्ट्याक्टस फिचर रहेको छ ।
यसले गर्दा तपाईले स्वाइप गरिरहँदा तपाईसँग सम्पर्क नम्बर भएको व्यक्तिहरुलाई भेट्नुपर्दैन् । एपको इनटरनल ब्लक लिस्टमा राखेपछि ती प्रयोगकर्ताले तपाईलाई देख्न पाउनेछैनन् र तपाईले पनि तिनीहरुलाई देख्न पाउनुहुन्न् ।
ब्लक कन्ट्याक्टस फिचरले गर्दा अहिलेसम्म टिन्डर जोइननै नगरेको व्यक्तिलाई पनि ब्लक गर्न सकिन्छ । यो फिचर प्रोफाइल सेटिङग मेन्युबाट पाउन सकिन्छ ।
यो फिचर प्रयोग गरेर सहकर्मी, शिक्षक र अरु चिनजानको मान्छेलाई पनि ब्लक गर्न सकिने कम्पनीले बताएको छ । यसले अनलाइन डेटिङलाई केही हदसम्म सजिलो बनाउने कम्पनीको विश्वास रहेको छ ।