कीवर्डहरू -

आफ्नो फेसबुक प्रोफाइल को-कोले नदेख्ने बनाउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् सेटिङ

आफ्नो फेसबुक प्रोफाइल को-कोले नदेख्ने बनाउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् सेटिङ

के तपाईं आफ्नो फेसबुक प्रोफाइल नचिनेको व्यक्तिले हेर्न नसक्ने बनाउन चाहनुहुन्छ ? अथवा केही सीमित व्यक्तिले मात्र हेरुन भन्ने चाहनुहुन्छ ? त्यसो हो भने तपाई हामी त्यो विधि सिकाउँदै छौं ।

आफ्नो फेसबुक प्रोफाइल नचिनेको व्यक्तिलाई नदेखाउने वा आफ्ना सीमित मान्छेहरुलाई मात्रै देखाउन फेसबुकले केही प्राईभेसी सेटिङ्गहरु उपलब्ध गराएको छ ।

सर्वप्रथम प्रयोगकर्ताले फेसबुक डट कममा आफ्नो अकाउन्टमा लगइन गर्नुपर्छ ।

त्यसपछि बायाँ भागको माथिल्लो भागमा रहेको तीन ओटा धर्काे भएको आइकनमा थिचेर सेटिङ्ग अप्सनमा जानुपर्छ र प्राइभेसी अप्सनमा जाने ।

यसपछि ‘हाऊ पिपल फाइण्ड एण्ड कन्टयाक्ट यू’ भन्ने अप्सनमा क्ल्कि गर्नुपर्छ र त्यहाँ गएर आफ्नो सुविधा अनुसारले कस्टोमाइज गर्न सकिन्छ ।

यसमा तीन ओटा अप्सन हुने गर्छ ।

१. तपाईले दिएको ईमेल एड्रेस प्रयोग गरेर तपाईलाई क–कसले खोज्न सक्छन् ?

यसमा सर्चलाई साथी, साथीको साथी वा म मात्रै भनेर सीमित गर्न सकिन्छ ।

२. सम्पर्क नम्बर प्रयोग गरेर क–कसले तपाईले फेसबुकमा खोज्न सक्छन् ?

यसमा पनि सर्चलाई साथी, साथीको साथी वा म मात्रै भनेर सीमित गर्न सकिन्छ ।

३. फेसबुक बाहिर सर्च इन्जिनलाई आफ्नो अकाउन्टलाई लिकं गर्न दिने की नदिने ?

यसमा लिकं गर्ने भए टगल अन गर्नुपर्छ र नगरेमा अफ गर्नुपर्छ । यो सेटिङ्ग पनि प्राईभेसीमा नै हुने गर्दछ ।

आफ्नो कार्यालयमा नदेख्ने बनाउने वा प्राइभेसीका लागि ब्लक गर्ने :

तपाईले फेसबुकमा प्रयोग गर्ने ईमेल एड्रेस वा सम्पर्क नम्बर आफ्नो पेशामा पनि प्रयोग गरिरहेको र आफ्नो रोजगारसँग सम्बन्धित व्यक्तिले तपाईको प्रोफाइल नभेटयाओस भन्ने चाहनुहुन्छ भने आफ्नो प्रोफाइलको सर्च रिजल्टलाई माथिको अप्सनहरु प्रयोग गरेर कस्टोमाइज गरेकै राम्रो हुनेछ ।

त्यस्तै नचिनेको मान्छेले फ्रेन्ड रिक्वेस्ट नपठाउनका निम्ति फेसबुक प्रोफाइलको सर्च रिजल्टलाई सीमित गर्नुपर्छ । फ्रेन्डस अफ फ्रेन्डसको अप्सन थिचेर पनि नचिनेको मान्छेलाई फ्रेन्ड रिक्वेस्ट पठाउनबाट रोक लगाउन सकिन्छ ।