एप्पलले आईओएस १५ आईसकेपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने बताएको छ ।
तुरुन्तै नयाँ अपडेट इन्स्टल गर्न मन नहुनेहरुका लागि एप्पलले आईओएस १४ मा पनि सेक्युरिटी अपडेटहरु सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सुरुमै नयाँ अपडेटहरुमा बग आक्रमण हुन सक्ने पनि डर हुने भएकाले धेरै प्रयोगकर्ताले पुरानै ओएस राख्न रुचाउने गर्दछन् । यो कुरा ओएस १४ मा पनि भएको थियो र त्यसपछि १४.०१, १४.०२ गरेर अपडेटहरु आएका थिए ।
केही दिन कुनै समस्या नदेखेमा मात्रै अरु प्रयोगकर्ताहरु पनि नयाँ अपडेटका लागि तयार हुने गर्दछन् । यसले आईओएस १५ राम्रोसँग सपोर्ट नगर्ने एपका लागि पनि मद्दत पुर्याउँछ ।