फेसबुक मेसेन्जरले फेसबुक पेको कारोबारको निम्ति कस्टम क्युआर कोड राखेको छ । यसले गर्दा मेसेन्जरमा पैसा पठाउन र पाउन सजिलो हुन्छ । मेसेन्जरले पर्सन टू पर्सन भुक्तानीका निम्ति क्युआर कोड र पर्सनलाईजड लिकं दिने भएको छ ।
यो अपडेटसँगै प्रयोगकर्ताहरुले क्युआर कोड र लिकं मेसेन्जर सेटिङ्गबाट पाउन सक्छन् । यो फिचर फेसबुकमा साथी नभएता पनि प्रयोग गर्न मिल्छ जसले गर्दा नचिनेको मान्छेसँग पनि पैसा भुक्तानी गर्न र पाउन सहज हुन्छ ।
यो फिचर विशेषगरी फेसबुक मार्केटप्लेस प्रयोग गर्नेहरुका लागि लक्षित गरेर ल्याइएको हो । यो फिचर तत्कालको लागि अमेरिकाको लागि मात्रै उपलब्ध रहेको छ । यो अपडेट अरु ठाउँमा पनि आउने एपले बताएको छ ।
मेसेन्जरले ‘क्वीक रिप्लाई’ भन्ने फिचर पनि ल्याएको छ जसले फोटो र भिडियोमा सजिलै प्रतिक्रिया दिन्छ । त्यस्तै एपले नयाँ च्याट थिमहरु प्नि कस्टोमाइज गर्न सकिने अप्सन ल्याएको छ ।