कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ आज सम्पन्न भएको छ । फेस्ट कम्पनीले यसअघि पनि अनलाइन मार्फत विभिन्न कोर्षहरु निःशुल्क सञ्चालन गरेको थियो ।
दैनिक ९० मिनेटको सेसनको दरले कुल ७ घण्टा आउँदो २५ जेठ बाट शुरु हुने निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन गरेको र संयौँ जनाले पाइथनको तालिम लिएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।
निःशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ अवसर र करियरको विषयमा व्यापक चर्चा भएको थियो । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिएको छ ।
निःशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन भएको सोडारीले बताए ।
ईन्जिनियर हिमाल रावलको प्रमुख प्रशिक्षकका रुपमा पाइथन प्रोग्रामिङ तालिम सञ्चालन भएको थियो । आगामी दिनमा पनि अनलाइन बाट पाइथन प्रोग्रामिङ को तालिम दिने भनेर रावले बताए । सेसनको समय विहान ११ बजे देखि १२ः ३० बजे सम्म सञ्चालन भएको थियो ।
फेस्टले लकडाउनमा नै निःशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ भने सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।
फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।
फेस्ट कम्पनीले विज्ञान र प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरससरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्टका संस्थापक तथा सिटिओ पावन प्रसाद भट्टले जानकारी दिए ।