कीवर्डहरू -

वाईवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

वाईवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

वाईवाई ग्लोकल टिन हिरो २०२१ का लागि आवेदन खुल्ला गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्न मद्दत पुर्‍याउने वाईवाई ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुल्ला गरिएको हो ।

गत वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने बताइएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालबाट २०१५ मा सुरु भएर काठमाडौंका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ६ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एकएक जना सम्मानित भएका छन् ।

साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको बताइएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्र बीच प्रचार गने लक्ष्य लिएको ग्लोकलले बताएको छ ।

पहिलो चरणमा कुल आवेदनहरूलाई अन्तरवार्ता र दस्तावेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ ।

त्यसपछि उनीहरूको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुने र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वाता गरी २०२१ को बिजेता घोषणा गरिने छ ।

ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन आयोजना गर्न लागेको पनि जनाएको छ । जसमा अनलाइनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किशोर किशोरीको उपस्थिति रहने छ ।

यसरी दिनुहोस् अनलाइनबाटै आवेदन

वाईवाई ग्लोकल टिन हिरो नेपालमा १३ वर्षदेखि १९ वर्षसम्मका नेपाली नागरिकले किशोर किशोरीले आवेदन दिन सक्ने छन् । वाईवाई ग्लोकल टिन हिरो नेपालका लागि अनलाइनबाटै आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।