पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपाली टोली डिआरएस गेमिङले तेस्रो स्थान हात पार्दै १८ हजार डलर (२१ लाख रुपैयाँ) जितेको छ ।
बिहीबारदेखि शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो । सुरुका दिनमा राम्रो प्रर्दशन गरेको नेपाली टोलीले उक्त अग्रता कामय गर्न नसकदा तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा मंगोलियन टिम अस्त्र एकेडेमीले उपाधि जितेको छ । उसले ४० हजार अमेरिकी डलर अर्थात झन्र्ड ४६ लाख ७३ हजार रुपैया हात पारेकोे छ ।
त्यस्तै, मंगोलियाकै जिउस् इम्पोर्ट्स दोस्रो हुदै २८ हजार डलर (३२ लाख ७१ हजार रुपैयाँ) जित्न सफल भएको छ ।
प्रतियोगितामा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको थियो । यो पुरस्कारको राशि मोबाइल इस्पोर्टसको इतिहासमै उच्च हो ।
पीएमपीएल सिजन थ्री साउथ एशिया फाइनलबाट ९ टिम, पीएमसीओ २०२१ स्प्रिङ हङकङ, मकाउ तथा टाइवानका ४ टिम, पीएमसीओ २०२१ स्प्रिङ एशिया वाइल्डकार्डका २ टिम र पीएमपीएल साउथ एशिया सिजन २ विजेता स्काईलाइट गेमिङ गरी १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये ७ वटा टिम नेपालका थिए । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोट्र्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट गेमिङ रहेका छन् ।