सन् २०१८ मा ट्रम्पको ह्वाईट हाउस क्याउनसेलको बारेमा ट्रम्प प्रशासनले एप्पललाई चुपचाप डेटा पठाउन लगाइएको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार यसमा विशेष गरी अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाईट हाउस क्याउनसेलका प्रमुख वकील डन मेक घानको बारेमा जानकारी रहेको थियो ।
एप्पलले क-कसको जानकारी सरकारलाई दिएको भन्ने बारेमा केही पनि बताएको छैन् । ट्रम्पले रोबर्ट म्यूलरको रुसी अनुसन्धानको अवस्थामा मेक घानसँग रिसाएको पनि न्यूयोर्क टाइम्स स्रोतको भनाइ छ ।
केही दिन अघि मात्रै ट्रम्पको कार्यकालमा दुई जना प्रजातान्त्रिक पार्टीको नेता एड्याम स्कीफ र एरीक स्वालवेलको जानकारी एप्पलसँग मागेको पनि पाइएको थियो ।
एप्पलले विस्तृत जानकारी नदिएता पनि यसले कम्पनीको विश्वसनीयतामा प्रश्न उठाएको छ । आगामी दिनमा यस्तो कुरा नदोहोरिन दिनका निम्ति एप्पलले २५ जनाको नयाँ टिमनै पनि राखेको छ जसले सरकारले धेरै डेटा मागेमा कम्पनीलाई सूचित गराउनेछन् ।