कीवर्डहरू -

इन्टरनेट सोसाइटी नेपालमा सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति

इन्टरनेट सोसाइटी नेपालमा सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौंमा आयोजित संस्थाको पाँचौं कार्यसमितिको निर्वाचनले सिग्देललाई निर्विरोध निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिमा सिग्देल वरिष्ठ उपाध्यक्ष थिए ।

पहिलोपटक निर्वाचन प्रक्रियामार्फत् चयन गरिएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रोमकान्त पाण्डे र उपाध्यक्षमा सुरज अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिव पदका लागि भएको निर्वाचनमा अमर राजभण्डारीले श्रीदिप रायमाझीलाई पराजित गरे । कुल ७८ मत खसेकोमा राजभण्डारीले ५२ र रायमाझीले २५ मत ल्याए ।

त्यसैगरी सचिव पदमा दीपक कोइराला (३६ मत) लाई पराजित गर्दै रामकृष्ण परियार (४१ मत) विजयी भए  ।कोषाध्यक्षमा भने टंकराज अर्याल निर्विरोध निर्वाचित भए ।

सदस्यअन्तर्गत खुल्लामा कृष्णप्रसाद पोखरेल, रमेश कुमार पुडासैनी, उत्तम श्रेष्ठ राना, सुवास खड्का, चिरञ्जिवी अधिकारी र सुनिलमान मानान्धर विजयी भए । महिला सदस्यमा दिपा अधिकारी निर्विरोध निर्वाचित भइन् ।

\"Image

यसअघि संस्थाको ८औं वार्षिक साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा सदस्यहरुबीच छलफल भएको थियो ।

सबैका लागि इन्टरनेट भन्ने मुख्य लक्ष्य लिएको यस संस्थाको नेपाल च्याप्टर सन् २००७ मा सुरु भएको थियो ।