नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि अनलाइन सिस्टम ल्याएसँगै यसको मोबाइल एप त्यत्ति धेरै चर्चामा छैन । ६ वर्षअघि नै आएको यो एप सेयर बजारमा चासोँ राख्नेको लागि भने उपयोगी छ ।
नेप्सेले सन् २०१५ मा शेयर बजारको जानकारी दिन नेप्से नामक मोबाइल एप सार्वजनिक गरेको थियो । मोबाइलको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै उक्त एप सञ्चालनमा ल्याइएको थियो । जुन बेला नेप्सेले अनलाइन सिस्टम सार्वजनिक गरेको थिएन् ।
त्यो बेला सेयर बजारमा चाँसो राख्ने र कारोबार गरिरहेका लगानीकर्तालाई सेयर बजार सम्बन्धी जानकारी दिने उद्देश्यले नेप्से एप बनाइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए । नेप्से एप गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।
के के सुविधा छन् नेप्से एपमा ?
प्रवक्ता पराजुलीका अनुसार नेप्से एपबाट खासगरी कारोबारको जानकारी हेर्न सकिन्छ । एपमा मार्केटवाच र मार्केट इन्फो गरी २ वटा सेक्सन छन् ।
मार्केट वाचबाट कारोबारको समरी, लाइभ ट्रेडिङ, दैनिक मूल्य र फ्लोसिटको बारे जानकारी लिन सकिन्छ । त्यस्तै मार्केट इन्फोबाट नेप्से इनडेक्स र सबइन्डेस्क, नेप्सेमा सूचीकृत भएका कम्पनीको जानकारी, सूचीकृतबाट हटेका कम्पनीको जानकारी, ब्रोकरको जानकारी तथा उत्कृष्त प्रफर्ममेन्स गर्ने कम्पनीको जानकारी लिन सकिन्छ ।
साथै एपमा क्यालकुलेटरको सुविधा पनि रहेको छ । क्याकुलेटरमा क्लिक गरेपछि सेकेण्डरी र आईपीओ अप्सन त्यहाँ देखिने छ । सेकेण्डरी अप्सनबाट तपाईको किनेको वा बेचेको शेयर बारे हिसाब गर्न सक्नुहुन्छ ।
यदि तपाईंले शेयर किन्नु भएको छ र ब्रोकरलाई जम्मा कति रूपैयाँ दिनुपर्छ भनेर थाहा छैन् भने त्यहाँ किनेको शयेर र मूल्यमा राखेमा ब्रोकर कमिसन, सेबोन फी, डिम्याट फि सहित कति तिर्नुपर्छ भनेर देखाउँछ ।
त्यसैगरी तपाईले शेयर बेच्नु भयो कति शेयर बेच्नु भएको छ भने बाइङमा क्लिक गरी कति शेयर कतिमा बेच्नु भयो र पहिले कतिमा किन्नु भएको हो त्यसको जानकारी राखेपछि तपाईले कमिसन तिरेर जम्मा कति रकम पाउनु हुन्छ भनेर थाहा पाउन सकिन्छ ।
एकलाख बढी डाउनलोड
नेपाला सेयर कारोबार गर्ने टिएमएस प्रयोगकर्ता ७ लाखभन्दा धेरै छन् । तर नेप्से एपको डाउनलोड संख्या भने गुगल प्ले स्टोरमा १ लाखबढी देखाउँछ ।
नेप्से एप गूगल प्लेस्टोरमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
नेप्से एपमाभएका सुविधा टिएमएसबाट पनि पाउने भएकाले एप प्रयोग धेरै नगरेको हुन सक्ने पराजुलीको भनाइ छ ।
टीएमएसबाट कारोबार गर्न पनि पाइने र बजारको जानकारी समेत लिन पाइने भएकाले लगानीकर्ताले नेप्से एपमा रूची नदेखाएको हुन सक्छ । तर, मोबाइलमा जति बेला पनि जानकारी लिन सकिने भएकाले एप प्रयोग सजिलो भने छ ।