कीवर्डहरू -

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ ।

बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ४ बजदेखि सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द हुने भएको हो ।

नबिल बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने जानकारी दिएको हो ।

साथै बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आईपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धि शाखा कार्यालयमा अग्रिम रूपमा सम्पर्क गर्नु बैंकले अनुरोध गरेको छ ।
\"\"