कीवर्डहरू -

आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो

आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो

वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइर्टटा कम्पनीहरुले सहकार्य गरिरहेका थिए तर अब भने उनीहरु एकनै भएका छन् ।

यी दुवै ब्राण्ड बिबिके इलेक्ट्रेनिक्सका भएका छन् । यसले अझै स्रोतसाधन जम्मा गर्नलाई मद्दत पुर्‍याउनेछ ।वानप्लस्का सहसंस्थापक पीट लाऊ र कार्ल पेई पहिले ओप्पोमा सँगै काम गरेका थिए ।

वानप्लसका प्रमुख कार्यकारी अधिकृत लाऊले मे २०२० देखि प्रमुख उत्पादन अधिकारीको रुपमा पनि कार्यभार सम्हालिरहेका छन् ।

त्यही समयदेखि वानप्लस र ओप्पोका केही कर्मचारीहरुसँगै मिलेर काम गर्दै आएका छन् र अब यो साझेदारी आधिकारिक भएको छ ।

मिलेर काम गर्दा सकारात्मक परिवर्तन र छिटो अपडेट ल्याउन सहज पारेकाले आधिकारिक रुपमा कम्पनी एकीकृत गरिने भएको हो ।

वानप्लस ओप्पो अन्तर्गत भए पनि आत्मनिर्भर भएर काम गर्ने बताइएको छ । वानप्लसको आफ्नै प्रडक्ट र कार्यक्रमहरु भइरहने पनि कम्पनीले जनाएको छ ।