अहिले महामारीको समयमा थुप्रै भिडियो कन्फेरेन्सहरुमा जोडिनु पर्ने हुन्छ । यस्तो समयमा वेबक्यामले पनि एकदमै सहयोग पुर्याइरहेको छ ।
तर हामी धेरैलाई विन्डोजमा वेबक्याम अन गर्ने तरिका बारे थाहा नहुन सक्छ । आज हामी तपाईलाई विन्डोज टेनमा कसरी वेबक्याम्प अन गर्न सकिन्छ भन्ने बारे जानकारी दिदैछौं ।
यसका लागि सर्वप्रथम विन्डोजमा जानुपर्छ त्यसपछि सेटिङमा गएर प्राईभेसी भन्ने अप्सनमा थिच्नुपर्छ । यति गरेपछि एप पर्मिसन अप्सन अन्तर्गत रहेको क्यामेरा भन्ने अप्सनमा जानुपर्छ ।
त्यसपछि माथिल्लो भागमा क्यामेरा डिभाइसको टगल अन छ की छैन् भनेर हेर्नुपर्ने हुन्छ । यो सेटिङ्गलाई परिवर्तन गर्न चेन्जमा क्लिक गर्नुपर्छ र इनेबल योर वेबक्याम अप्सन छान्नुपर्ने हुन्छ । अनि अलाऊ एप्स टू एक्सेस योर क्यामेरा अप्सन अन गरेको हुनुपर्छ ।
वेबक्याम इनेबल गरिएको छ की छैन् भनेर कसरी हेर्ने ?
माथिको प्रक्रियाले पनि वेबक्याम अन नभएमा क्यामेरामै केही समस्या भएको पनि हुन सक्छ । त्यहीकारणले वेबक्यामका लागि इन्स्टल गरिएको ड्राइभर राम्ररी काम गरिरहेको छ की छैन भनेर हेर्नुपर्ने हुन्छ ।
यसका लागि सर्वप्रथम विन्डोज सर्च फङ्सनमा जाने र डिभाइस म्यानेजर अप्सन सर्च गरेर सेलेक्ट गर्नुपर्छ । त्यसपछि विन्डो खुलेपछि क्यामेरा भन्ने अप्सनमा गएर आफुले प्रयोग गर्ने क्यामेरा सेलेक्ट गर्नुपर्छ ।
डिभाइसमा राईट क्लिक गरेर अपडेट ड्राइभर भन्ने अप्सनमा थिच्नुपर्छ जसले गर्दा ड्राइभर अपडेट भएर काम गर्न थाल्छ ।