इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न पाउने भएका छन् ।
यो नयाँ अप्सनले समूहमा फण्डरेजर सुरु गर्न दिनेछ । सन् २०१९ मा इन्स्टाग्रामले डोनेसन स्टीकर पनि सार्वजनिक गरेको थियो । त्यहाँ देखि राम्रो कामहरुका लागि मान्छेहरुले कोष जम्मा गर्न थालेका छन् ।
समूहमा कुनै काम गर्दा झनै सजिलो हुने भन्ने बुझेकाले इन्स्टाग्रामले ‘क्रियट अ फण्डरेजर’ भन्ने अप्सन ल्याएको छ । यसमा प्रयोगकर्ताले आफ्नो साथी र परिवारजनलाई पनि जोड्न सक्छन् ।
फण्डरेजर पेजमा सेयर आईकनलाई थिचेर इन्भाइट ग्रुप मेम्बर भन्ने अप्सनमा थिच्नुपर्छ र अरु मान्छेहरुलाई इन्भाइट गर्न सकिन्छ ।
सोही पेजमा गएर प्रयोगकर्ताहरुले पैसा दिन सक्नेछन् । जम्मा भएको पैसाबाट एक रुपैयाँ पनि नलिने र सबै पैसा गैरनाफा अभियानमै जाने कम्पनीले बताएको छ ।