कीवर्डहरू -

यसरी सजिलै टेष्ट गर्नुहोस् आफ्नो घरको वाइफाई स्पिड

यसरी सजिलै टेष्ट गर्नुहोस् आफ्नो घरको वाइफाई स्पिड

हामीले चलाइरहेको इन्टरनेट कहिलेकाही धेरै सुस्त भएर हैरान पार्छ । नयाँ इन्टरनेट जोडेको छ भने सुरुका केही समय राम्रो चल्छ र विस्तारै ‘स्लो’ पनि हुदै जान्छ ।

इन्टरनेट राम्रोसँग नचल्दा तपाईंले पैसा तिरेर किने जति स्पिडमा नचलेको हुनसक्छ । त्यसको लागि तपाईंले घर मै बसेर आफ्नो वाइफाईको स्पिड परीक्षण गर्न सक्नुहुन्छ ।

त्यसको लागि एदमै सजिलो तरिका छ ।

सबैभन्दा पहिला गुगल खोल्ने । गुगलममा स्पिड टेष्ट वाई ओक्ला ( speed test by ookla ) खोज्ने । अथवा, सिधै डब्लुडब्लुडब्लु डट स्पिडटेष्ट डट नेट खोज्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्ने ।

‘गो’ अप्सन आउँछ । ‘गो’मा क्लिक गर्ने । त्यसो गरेपछि तपाईको इन्टरनेट स्पिड परीक्षण गरेर डाउनलोड र अपलोड स्पिड देखाइदिन्छ । अब डाउनलोड र अपलोड स्पिड कति देखायो, त्यो ख्याल गर्ने ।

मानौं तपाईंको २५ एमबिपिएसको इन्टरनेट हो भने अपलोड २२ एमबिपिएस र डाउनलोड स्पिड २३ एमबिपिएस हुनुपर्छ । यो आयो भने वाइफाइ राम्रोसँग चलेको मानिन्छ । स्पिड यो भन्दा कम आयो भने वाईफाईमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । यसको लागि इन्टरनेटर सेवा प्रदायकलाई भन्नुपर्छ ।

आफ्नो घरको वाईफाईको स्पिड टेष्ट गर्नुभन्दा पहिला केही कुरामा ध्यान दिनुपर्छ । जस्तो कि तपाईंको वाईफाईमा कतिवटा डिभाइस जोडिएका छन् ।

तपाईंले आफ्नो वाईफाईको स्पिड टेष्ट गर्नुभन्दा पहिलो वाईफाईमा चलेका सबै डिभाइसहरुको वाईफाई बन्द गरेर एउटा डिभाइसबाट मात्र यो टेष्ट गर्नुपर्छ । मानौं तपाईंको वाईफाईमा पाँचवटा मोबाइल चलिरहेको छ भने चारवटा बन्द गरेर एउटाबाट मात्र गर्नुपर्छ ।
वाइफाइमा जोडिएका हरेक मोबाइल केही एमबी तानिरहेको हुन्छ ।

मानौं तपाईंले २५ एमबीपीएसको इन्टरनेट जोड्नु भएको छ एउटा डिभाइमा २५ एबबिपिएस चल्ने हो । त्यही नै अन्य डिभाइसमा बाडिने हो । इन्टरनेट सेवा प्रदायकले दिएको जानकारीअनुसार २५ एबबिपिएसको इन्टरनेटमा मोबाइल मात्र छ भने ६ वटा र ल्यापटप पनि जोडिएको छ भने ५ वटामात्र डिभाइसमा राम्रो चल्छ । त्यो भन्दा धेरै भएका इन्टरनेट सुस्त हुदै जान्छ

अर्को कुरा टिभीको नजिक राख्नु हुदैन । साथै, भित्तामा टास्नु हुदैन । ओपन स्पेस ।
सबै मोबाइलबाट वाइफाइ डिस्कनेट गर्ने, एउटा मोबाइल मात्र कनेट गर्ने । त्यसपछि वाइफाईको स्पीड टेष्ट गर्नुपर्छ । स्पिड टेष्टपछि पनि त्यस्तै समस्या भयो भने कम्पनीमा जानकारी गराउनुपर्छ ।

तपाईंको वाईफाईलाई विभिन्न पक्षले प्रभाव पारिरहेको हुन्छ । आफ्नो राउटर कहाँ राख्ने, कसरी चलाउने भन्ने कुराले पनि वाईफाई स्पिड कम भएको हुनसक्छ । त्यसैले, वाईफाई स्पिड टेष्ट गर्नुभन्दा पहिला निम्न कुरामा ध्यान दिनुपर्छ ।

१. आफ्नो राउटरलाई खुल्ला ठाउँमा राख्ने

तपाईंले जोडेको क्षमताअनुसार वाईफाई चलाउनलाई आफ्नो राउटरलाई खुला ठाउँमा वा घरको प्रमुख तल्लामा राख्नुपर्छ ।

धेरै सामान र भित्ताले पनि वाईफाई सुस्त हुने गर्छ । राउटरलाई भुँइमा वा भित्तामा टास्नुभन्दा पनि कुनै फर्निचर माथि राख्दा राम्रो हुन्छ । कर्डलेस फोन, माइक्रोवेब जस्ता विद्युतिय उपकरणहरुबाट राउटरलाई टाढा राख्नुपर्छ । राउटरको एन्टीनालाई पनि परपेन्डिकुलर (९० डिग्री), एउटालाई तेस्रो र अर्कोलाई ठाडो बनाएर राख्दा राम्रो हुन्छ ।

तपाईको घरमा वायरलेस डेडस्पट भेट्याउनका निम्ति क्लाउडचेक जस्ता मोबाइल एपलाई प्रयोग गरेर परीक्षण गर्न सकिन्छ । यसले तपाईको घरमा सिग्नल सबैभन्दा राम्रो कहाँ आउँछ भनेर देखाउने गर्छ र तपाईले त्यही नै राउटर राख्न सक्नुुहुनेछ ।

२. नयाँ वाईफाई प्रविधिको प्रयोग

प्रविधिहरु परिवर्तिन हुन्छन् । वाईफाई स्पिड बढाउन सबैभन्दा राम्रो तरिका भनेको नयाँ हार्डवेयर प्रयोग गर्नु हो । पुरानो वायरलेस मोडेलभन्दा नयाँ माडेलहरु तीन गुणा राम्रो चल्ने गर्छ ।

तपाईले पक्कै पनि डब्लुपिए भएको वाईफाई छान्दा राम्रो हुनेछ । आफ्नो वाईफाईलाई जहिले पनि पासवर्डले सुरक्षित गर्नुपर्छ ।

३. डिभाइस सीमित गर्ने र सेटिङलाई अप्टिमाइज गर्ने

धेरैजसो राउटरहरुमा ‘क्वालिटी अफ सर्भिस’ भन्ने सेटिङ रहेको हुन्छ । यसले कुन एपलाई इन्टरनेट ब्याण्डविथको पहुँच दिने भनेर छुट्याउन सकिन्छ ।

त्यस्तै वायरलेस राउटको फर्मवेयर र ड्राइभरमा पछिल्लो अपडेट गरिएको छ की छैन भन्ने कुरामा पनि ध्यान पु¥याउनुपर्छ । यसको लागि राउटर सेटिङमा गएर म्यानुअली अपडेट स्टार्ट गर्नुपर्ने हुन्छ ।

वाईफाई एनालाईजर वा वाईफाइ स्कयानर प्रयोग गरेर वाईफाईको च्यानल तपाईको छिमेकीभन्दा भिन्न पार्न सकेमा पनि ईन्टरनेटको स्पिड राम्रो हुने गर्छ ।