कीवर्डहरू -

डुअल क्यामेरा सहितको सावमी रेड्मी नोट ५ एआइ नेपालमा सार्वजनिक

डुअल क्यामेरा सहितको सावमी रेड्मी नोट ५ एआइ नेपालमा सार्वजनिक

सावमीको रेड्मी नोट धेरै प्रयोगकर्ताहरुले मन पराउदै आइरहेको सीरीज हो । रेड्मी नोट 5 एआई लाई रेड्मी नोट ५ प्लस भनेर पनि चिनिन्छ । यो मोडलको स्मार्टफोन कम्पनीको मिडरेन्ज फ्लागशिप स्मार्टफोन हो ।

भारतमा केहि महिना अघि सार्वजनिक भएको यो फोन,अब नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।

सावमीको यो मिडरेन्ज फ्लागशिप फोनमा १८:९ एस्पेक्ट रेसियोको ५.९९ इन्चको फुलएचडी डिस्प्ले छ । यसमा सुरक्षाको लागी कोर्निंग गोरिल्ला ग्लासको प्रयोग गरिएको छ साथै यसमा थोरै बेजेल पनि छ ।

सावमीको बहुप्रतिक्षीत स्मार्टफोन रेड्मी नोट ५ एन्ड्रोईड ८.० ओरियो अपरेटिङ सिस्टममा चल्छ,यसका साथै क्वालकम स्नापड्रागन ६३६ को चिपसेटको प्रयोग गरिएको छ । ४/६ जीबी र्यामका साथै ओक्टाकोर १.८ गिगाहर्जको क्लक स्पिडमा सीपीयु चल्छ । यसमा स्टोरेजको कुरा गर्दा इन्टरनल मेमोरीमा ६४ र ३२ जीबीको संस्करणमा उपलब्ध छ र एसडीकार्डको सहायताले २५६ जीबी सम्मको डाटाहरु राख्न सकिन्छ ।

सावमीको यो स्मार्ट डिभाइसमा सबैभन्दा राम्रो पक्ष यसको क्यामेरा हो,किनकी यसमा डुअल क्यामेरा सेटअप छ । यसको ब्याकसाइडमा एउटा एफ/१.९ एपर्चर सहितको १२ एमपीको सेन्सर तथा अर्को एफ/२.०एपर्चर सहिको ५ मेगापिक्सेलको गरि डुअल क्यामेरा सेटअप छ ।

यसका साथै सेल्फीको लागि १३ मेगपिक्सेलको क्यामेरा रहेको छ ।

आइफोन एक्स तथा गूगल पिक्सेल २ सँग यसको फ्रन्ट क्यामेरा तुलना गर्दा यसमा एआईमा आधारित क्यामेरा रहेको कम्पनीले दावी गरेको छ । यसकारण पनि यो नयाँ मोडलको फोनको क्यामेरा एकदम राम्रो रहेको छ ।

सावमी रेड्मी नोट ५ एआइमा ४००० एमएएचको ब्याट्री छ,साथै नेपाली बजारमा यसको प्री बुकीङ मूल्य रु २८ हजार ४ सय ९९ तोकिएको छ ।

Xiaomi Redmi Note 5 AI को स्पेसीफिकेसन :

Display : 5.99-inch IPS FHD+ display with Corning Gorilla Glass 3 Protection

CPU: 1.8 GHz Octa-core Qualcomm Snapdragon 636

GPU: Adreno 509 GPU

OS: Android Oreo 8.0 with MIUI 9.0 on the top

RAM: 4GB

Storage: 64GB, up to 128GB expandable storage (uses SIM 2)

Rear Camera: 5MP + 12MP, LED flash

Front Camera: 13MP with f/2.0 with LED flash

Sensors: Accelerometer, proximity, gyro, IR blaster, Fingerprint

SIM: Dual hybrid SIM with 4G VOLTE

Battery: 4,000mAh

Prebooking Price: Rs. 28,499 (4GB/64GB)