कीवर्डहरू -

बगभीमा जोडियो मोबाइल वालेट डिपैसा, एउटा बगको २०० डलरसम्म दिइने

बगभीमा जोडियो मोबाइल वालेट डिपैसा, एउटा बगको २०० डलरसम्म दिइने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मोबाइल वालेट डिपैसा जोडिएको छ । डिपैसा बगभीमा जोडिएको नेपालको पहिलो डिजिटल वालेट हो ।

अब डिपैसाको सिस्टममा भएको कुनै पनि समस्या पत्ता लगाएर अनुसन्धानकर्ताले १० देखि २०० अमेरिकी डलरसम्म कमाउन सक्ने छन् । सुरक्षा संवेदनशीलताका आधारमा रकम भुक्तानी गरिने बगभीले जनाएको छ ।

बगभीका संस्थापक नरेश लाम्गादेले हरेक हप्ता एउटा कम्पनीलाई बगभी प्लेटफर्ममा आवद्ध गराउने आफुहरुको योजना रहेको बताए । कम्पनी र ह्याकरका लागि बगभी राम्रो प्लेटफर्म भएको उनको भनाइ छ ।

बगभीमा हालसम्म २० कम्पनीले आफ्नो सिस्टमको सुरक्षा परीक्षणका लागि आवद्ध भइसकेका छन् । बगभीमा अहिले नेपालसहित विश्वभरबाट ३ हजार २ सय साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् ।