गूगलले ‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर पनि राख्न सक्ने भएको छ । यो फिचर एप्पलको फाइण्ड माई नेटवर्कमा पनि रहेको छ । नाइन टू फाइभ गूगलले यही सन्दर्भसँग जोडिएको एपीआई भेटाएको छ ।
एन्ड्रोइडमा पहिले देखिनै फाइण्ड माई डिभाइस फिचर रहेको छ जसले वाईफाई वा डेटा कनेक्सनले फोन कहाँ छ भनेर थाहा हुन्छ । अब यसमा ब्लुटुथ कनेक्सनको फिचर राखिने पनि भएको छ ।
त्यस्तै गूगलले अल्ट्रा वाईडब्याण्डको फिचर पनि राख्ने भएको छ । यसले गर्दा तपाईको डिभाइस कहाँ छ भन्ने बारे जानकारी पाउन सकिन्छ । यो प्रोजेक्टलाई गूगलले पूरा गर्छ भन्ने बारे कुनै जानकारी आएको छैन् ।