कीवर्डहरू -

खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने

खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने

खल्ती डिजिटल वालेटले प्रेडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको छ । जसमा खल्ती एप भित्रै भोटिङ मार्फत जारी यूरो कप २०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५००० रूपैयाँ नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने सकिने छ ।

खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा नि:शुल्क भोट गरी जोकोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ गराएको हुनपर्नेछ ।

त्यसैगरि भोटको साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा Remarks सेक्सनमा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ।

सही उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् ।

खल्ती संग बैंक लिंक गर्नका लागि:
१. खल्तीको होम पेजमा देखाइएको Link Bank Account व्यानरमा क्लिक गरि आफ्नो बैंक छनोट गर्ने र सम्पूर्ण विवरण भर्ने
२. त्यसपछि, प्रयोगकर्ताको उल्लेखित नम्बरमा प्राप्त भएको OTP राख्नुपर्नेछ
३. अब Verify बटनमा ट्याप गरिसकेपछि बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्बक लिंक हुनेछ

यस योजना बारे खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर शिरिष श्रेष्ठले भन्छन, ‘हामीले (खल्ती) सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएका हौँ। यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्द मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् । हामी कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गर्छौँ ।’

भोट गर्नका लागि खल्ती डटकममा गई बुकिंग सेक्सनमा रहेको भोट आइकनमा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ ।

\"\"

१. पहिलो यूरो कप को ब्यानरमा ट्याप गर्ने
२. भोट गर्न चाहेको देशको फोटो तल भोट वा ड्रमा जाने
३. अन्तिममा भोट बटनमा क्लिक गरि ओकेमा ट्याप गर्ने

\"\"