कुनै कुनै समय फेसबुकमा कुनै व्यक्तिलाई कुनै कारणले ब्लक गर्नुपर्ने अवस्था आउन सक्छ । आफ्नो फेसबुक साथीको कुरा मन नपरेर, अभद्र गतिविधिका कारण वा अरू कुनै कारणले ब्लक गर्नुपर्ने हुन्छ ।
यस्तो अवस्थामा तपाईलाई फेसबुकले कुनै व्यक्तिलाई पनि ब्लक गर्न सकिने सुविधा दिएको छ । आज हामी तपाईलाई फेसबुकमा कसरी कुनै पनि व्यक्तिलाई ब्लक गर्ने बारे जानकारी दिदैछौं ।
डेक्स्टपमा ब्लक कसरी गर्ने ?
विन्डोज, म्याक वा लाइनक्स डेक्स्टप फेसबुकमा कसैलाई ब्लक गर्न एकदमै सहज रहेको छ । सर्वप्रथम वेब ब्राउजरमा गएर फेसबुक डटकम खोल्नुहोस् ।
त्यसपछि अकाउन्ट को आइकन छनौट गर्नुपर्ने हुन्छ । यतिगरेपछि सेटिङ्ग र प्राईभेसी भन्ने अप्सन सेलेक्ट गरेर सेटिङ्ग भन्ने अप्सन छान्नुपर्छ ।
यसपछि बाँया भागमा रहेको ब्लकिङ भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि ब्ल्क यूजर बक्स मा गएर ब्लक गर्न मनलागेको मान्छे वा पेजलाई छानेर ब्लक मा क्लिक गर्नुपर्छ ।
कसैलाई ब्लक गर्दा केके हुन्छ भनेर लेखेको पेज आउँछ र ब्लक गर्नलाई ब्लक अप्स्नमा थिच्नुपर्छ । यसरी प्रयोगकर्ता ब्लक यूजर लिस्ट मा जान्छन् ।
फेसबुक एपमा कसरी ब्लक गर्ने ?
आईओएस र एन्ड्रेइडको मोबाइल एपमा ब्लक गर्नका लागि सर्वप्रथम एप खोलेर लग इन गर्नुपर्छ । त्यसपछि आफूलाई ब्लक गर्न मन लागेको प्रयोगकर्ताको प्रोफाइल पेजमा जानुपर्छ र मोर भन्ने अप्सनमा थिच्नुपर्छ ।
त्यसपछि
ब्लक
भन्ने अप्सनमा क्ल्कि गर्नुपर्छ । स्वीकृतिका लागि पपअप आउँछ जसमा पुनः
ब्लक
थिच्नुपर्छ । यसरीनै प्रयोगकर्तालाई ब्लक गगर्न सकिन्छ ।