कीवर्डहरू -

दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार

दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार

दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा ३.६ बिलियन डलर ह्याक भएपछि दुई जना संस्थापक दाजुभाइ फरार भएका छन् ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय कम्पनी एफ्रिक्रिप्टका संस्थापक द्वय अम्मीर र रायस क्याजी फरार भएका हुन् ।

अप्रिलमा कम्पनीले आफ्नो लगानीकर्ताहरुलाई ह्याक भएको जानकारी गराएको थियो तर पैसा फिर्ता पाउन ढिलाई हुन्छ भन्दै कहीँ पनि रिपोर्ट नगर्नका लागि आग्रह गरेका थिए । त्यसपछि  अम्मीर र क्याजी फरार रहेका छन् ।

कम्पनीले लोकल अकाउन्ट र क्लायन्ट वालेटमा सबै पैसा जम्मा गरेको थियो र त्यहाँबाट ह्याकरहरुले टम्बलर र मिक्सर प्रयोग गरेर पैसा लिएका थिए ।

यही कारणले पैसा ट्रयाक गर्न पनि गाह्रो भएको थियो । ह्याकभन्दा सात दिन पहिलेनै एफ्रिक्रिप्टका कर्मचारीहरुले अकाउन्टहरुको पहुँच पाउन सकेका थिएनन् ।

अहिले क्याजी दाजुभाइलाई फोन गर्दा सिधै भ्वाइसमेलमा गइरहेको ब्लुमबर्गले बताएको छ । क्रिप्टोकरेन्सी दक्षिण अफ्रिकामा आधिकारिक मुद्रा नमानिएकाले यसमा सरकार तर्फबाट अनुसन्धान सञ्चालन गर्न भने मिल्दैन् । यो पैसा पुनः प्राप्त नभएमा अहिलेसम्मकै बिटकोइनको सबै भन्दा बढि पैसाको घाटा हुनेछ ।